काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हवाइ टिकटमा तीन सय रुपैयाँ क्यासब्याक, फोनपेको ‘सुपर यात्रा’ अफर

2.07K
shares

नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले चाडपर्वको अवसरमा असोज २ गतेदेखि ‘सुपर यात्रा’ अफर घोषणा गरेको छ।

अफर अन्तर्गत हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ प्रयोगकर्ताहरूका लागि पहिलो हवाई टिकट बुकिङमा तीन सय रुपैयाँ र पुराना ग्राहकका लागि दुई सय रुपैयाँ क्यासब्याकको लाभ लिन सकिने छ।

यसका अतिरिक्त फोनपेले अन्य उपहारहरू पनि घोषणा गरेको छ। जस अनुसार एक भाग्यशाली विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् भने हरेक हप्ता पाँच जनाले स्मार्टवाच जित्ने अवसर पाउनेछन्।

यो अफर चाडपर्वको समयमा प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि सहज र सस्तो डिजिटल भुक्तानी विकल्पहरू प्रदान गर्न ल्याइएको कम्पनीको भनाइ छ।