काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

2.13K
shares

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ। केन्द्रीय निर्वाचन समितिले शुक्रबार एक सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो।

निर्वाचनको कार्यक्रमअन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नका लागि असोज ४ गते मिति तोकिएकोमा महासंघबाट प्राप्त पत्रअनुसार उम्मेदवारको मनोनयन दर्तालगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ,जारी सूचनामा भनिएको छ।

यसअघि नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि असोज १२ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको थियो। निर्वाचन प्रयोजनका लागि उम्मेदवारको मनोनयन दर्ताको समय आजलाई तोकिएको थियो।