काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वा’ अक्टोबरमा फ्लोरमा जाने

4.77K
shares

बलिवुडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीले वेब सिरिज’हिरामाण्डी: द डायमण्ड बजार को सफलतापछि नयाँ फिल्मको तयारी शुरु गरेका छन् ।

भन्सालीले नयाँ फिल्म’लभ एन्ड वा’ को घोषणा गरिसकेका छन् र यस फिल्मका लागि रणवीर कपुर, आलिया भट्ट र विक्की कौशल जस्ता स्टारहरूलाई लिने तय गरिसकेका छन् । यो फिल्म सन् २०२६ मा हलमा रिलिज हुनेछ ।

मिडिया रिपोर्टका अनुसार यो फिल्म आगामी अक्टोबर २४ मा फ्लोरमा जानेछ र त्यससँगै पहिलो शेड्युल सुरु हुने बताइएको छ ।

सञ्जय लीला भन्सालीको फिल्मको भव्यतालाई ध्यानमा राखेर यो ठूलो शेड्युल लामो हुने बताइएको छ । ‘लभ एन्ड वार’ भंसालीसँग विक्की कौशलको पहिलो सहकार्य हुनेछ, जबकि रणवीर कपूर र आलिया भट्ट यसअघि निर्देशकसँग काम गरिसकेका छन्।

रणबीरले भन्सालीको’सावरिया'(२००७) बाट आफ्नो अभिनयको सुरुवात गरेका थिए र आलियाले २०२२ मा’गंगुबाई काठियावाडी’ मा अभिनय गरेकी थिइन् ।