global ime bank Long Banner Ad

गृहपृष्ठ सेनाका पाल बने पहिलो रात्री दौड विजेता

सेनाका पाल बने पहिलो रात्री दौड विजेता

सेनाका पाल बने पहिलो रात्री दौड विजेता

नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र गीता साहुले जितेका छन् ।

संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दौडमा पालले ३१ः०७ः२१ मिनेटमा दस किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन् ।

यसमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए । सन्तोषले ३२ः४८ः४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२ः५४ः६३ मिनेटमा दौड पूरा गरि तृतीय भएका थिए।

रात्री दौड जीवनमा पहिलोपटक दौड्न पाउँदा नै आफू निकै खुशी भएको विजेता पालले बताए । ‘मैले उपाधि नै जितें, इतिहास बनाउने अवसर पाएँ,’ पालले भने, ‘रात्री दौडको मज्जा नै बेग्लै हुने रहेछ ।’

प्रकाशित समय : ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु