global ime bank Long Banner Ad

गृहपृष्ठ व्यापार तथा सम्झौता परिषद्को बैठक सम्पन्न, अमेरिकाले माग्यो नेपालले सहायता चाहेका क्षेत्रको विवरण

व्यापार तथा सम्झौता परिषद्को बैठक सम्पन्न, अमेरिकाले माग्यो नेपालले सहायता चाहेका क्षेत्रको विवरण

व्यापार तथा सम्झौता परिषद्को बैठक सम्पन्न, अमेरिकाले माग्यो नेपालले सहायता चाहेका क्षेत्रको विवरण

नेपाल-अमेरिका व्यापार तथा सम्झौता परिषद्को सातौँ बैठक सम्पन्न भएको छ । काठमाडौँमा भएको बैठकमा अमेरिकाका तर्फबाट दक्षिण तथा मध्य एसियाका लागि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा ११ सदस्यीय टोली सहभागी थियो ।

नेपालबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वमा १७ सदस्यीय टोलीले भाग लिएको थियो । बैठकमा सहभागी अमेरिकी टोलीले नेपाललाई आवश्यक सहायता चाहेका क्षेत्रको विस्तृत विवरण उपलब्ध गराउन माग गरेको छ ।

नेपालले अमेरिकासँग व्यापार सुविधा, नेपाल ट्रेड प्रिफेरेन्सल प्रोग्राम, (एनटीपीप)को समयावधि थप्न प्रस्ताव पनि गरेको थियो । त्यस्तै नेपालले विभिन्न क्षेत्रमा थप प्राविधिक सहायता उपलब्ध गराउन आग्रह गरेको थियो । यसमा अमेरिकी टोली सकारात्मक देखिएको वाणिज्य मन्त्रालयले जनाएको छ ।

व्यापार तथा लगानीका क्षेत्र विस्तार गर्न दुवै पक्षबिच थप सहयोग आदान–प्रदान गर्ने विषयमा सहमति पनि भएको छ । अमेरिकी टोलीले नेपाललाई लगानी सम्बन्धी कानुनी र प्रक्रियागत सुधार गर्न सुझावसमेत दिएको छ । परिषद्को आठौँ बैठक अमेरिकामा आगामी वर्ष सन् २०२५ मा बस्ने जनाइएको छ ।

प्रकाशित समय : ०६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु