global ime bank Long Banner Ad

गृहपृष्ठ आइतबारसम्मका लागि बुक भयो धरहराको टिकट

आइतबारसम्मका लागि बुक भयो धरहराको टिकट

आइतबारसम्मका लागि बुक भयो धरहराको टिकट

बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको धरहराको टिकट आइतबारसम्मका लागि बुक भएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिए ।

सरकारले संविधान दिवसका अवसरमा आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । एकाइका प्रमुख अधिकारीले विसं २०७२ को भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताए ।

उनकाअनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रूपमा धरहरा चढ्ने व्यवस्था गरिएको छ ।

धरहरा चढ्नका लागि बुकिङ गर्न ‘धरहरा डट कम डट जिओबी डट एनपी वेबसाइट सञ्चालन गरिएको छ ।

प्रकाशित समय : ०६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु