global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालद्वारा ओमनलाई दुईसय २० रनको लक्ष्य

नेपालद्वारा ओमनलाई दुईसय २० रनको लक्ष्य

नेपालद्वारा ओमनलाई दुईसय २० रनको लक्ष्य

ईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपालले ओमनलाई दुई सय २० रनको लक्ष्य दिएको छ । क्यानडाको किङ सिटिमा भएको प्रतियोगितामा नेपालले ५० ओभरमा नौ विकेटको क्षतिमा सो लक्ष्य दिएको हो । खेलमा ओमानले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्थशतकीय इनिङ खेल्दै ७२ बलमा ६० रन जोडे । दुई चौका र चार छक्क प्रहार गरेको थियो । खेलको सुरुआतमा अर्जुन साउद तेस्रो ओभर खेल्दा पाँच रन बनाएर बाहिरिएका थिए ।

आसिफ शेख र भीम सार्की ११–११ रन बनाएर आउट हुँदा नेपालले १३ दशमलव ३ ओभरमा ३१ रन बनाउन सकेको थियो । त्यसपछि कप्तान पौडेलले आरिफ शेखसँग साझेदारी गर्दै नेपालको इनिङ्सलाई सम्हालेपछि सेखले ८८ बलमा ३५ रन बनाएर आउट भयो । त्यसपछि ब्याटिङ गर्न आएका गुल्सन झाले ३५ बलमा ५३ रन जोडे । त्यसक्रममा तीन चौका र पाँच खक्का प्रहार गरे। खेलको अन्तिममा सोमपाल कामीले २० रन तथा सन्दीप लामिछानेले ११ रनको योगदान दिएको थियो ।

अफगानिस्तानले दक्षिण अफ्रिकालाई हरायो

यसैबीच आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा अफगानिस्तानले दक्षिण अफ्रिकालाई छ विकेटले पराजित गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को सारजा क्रिकेट रंगशालामा भएको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ३३ दशमलव तीन ओभरमा एकसय ६ रनको लक्ष्य दिएकोमा अफगानिस्तानले २६ ओभरमा एकसय ७ रन बनाएको थियो ।

प्रकाशित समय : ०२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु