global ime bank Long Banner Ad

गृहपृष्ठ गलुङको जैमिनी र बरेङमा नवप्रर्वतन साझेदारी कार्यक्रम

गलुङको जैमिनी र बरेङमा नवप्रर्वतन साझेदारी कार्यक्रम

गलुङको जैमिनी र बरेङमा नवप्रर्वतन साझेदारी कार्यक्रम

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि बागलुङको दक्षिणका दुई पालिका छनोट गरेको छ । प्रदेश सरकारले एघार जिल्लाका ८५ वटा स्थानीय तहमध्येबाट १८ स्थानीय तहलाई नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छनोट गरेको हो । बागलुङबाट जैमिनी नगरपालिका र बरेङ गाउँपालिका छनोटमा परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव तेजबहादुर गुरुङले जानकारी दिए।

छनोटमा परेको बागलुङको बरेङ गाउँपालिकामा स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन, प्रशोधन तथा बजारीकरण परियोजना सञ्चालन गरिने छ । भौगोलिक अवस्था, परम्परागत रैथाने बाली र किसानको माग तथा चाहनालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रम सुरु भएपछि यहाँका किसान व्यावसायीक उत्पादनसँग जोडिने गाउँपालिकाको विश्वास छ । साझेदारीमा कार्यक्रम सञ्चालन हुने छ ।

जैमिनीले बाँसजन्य सामग्रीको उत्पादन र बजारीकरण परियोजना सञ्चालन गर्ने जनाएको छ । बाँसका उत्पादनलाई विश्व बजारसम्म पु¥याउने योजनाअन्तर्गत कार्यक्रममा साझेदारी गर्न थालिएको नगर उपप्रमुख हरिहर शर्माले बताए।

यस्तै म्याग्दीको रघुगङ्गा गाउँपालिकाले रैथानेबाली (जौ तथा उवा) उत्पादन तथा ब्रान्डिङ परियोजना सञ्चालन गर्ने भएको छ । मुस्ताङ र पर्वतका पालिका छनोटमा परेका छैनन् । कार्यक्रमका लागि ५४ वटा पालिकाले प्रस्ताव पेस गरेकामा ४० आवेदन मापदण्डभित्र परेका थिए । मापदण्डभित्र परेका आवेदनमध्येबाट कार्यक्रमका लागि विनियोजित बजेटको आकार अनुसार पालिकाले पेस गरेको प्रस्तावको नम्बरका आधारमा १८ पालिका छनोटमा परेको र बागलुङका दुई पालिका पनि छानिएको कार्यालयका उपसचिव गुरुङले बताए।

कार्यक्रमका लागि प्रदेश सरकारले प्रतिपालिका एक करोड प्रदान गर्ने जानकारी दिँदै उनले त्यसमा कम्तीमा ३० प्रतिशत पालिकाले अनिवार्य लगानी गर्नुपर्ने शर्त रहेको पनि बताए। यसअघि बागलुङको गलकोट नगरपालिका साझेदारी कोषमार्फत् ओखरखेती प्रबद्र्धन र काठेखोला गाउँपालिका चट्याङ प्रतिरोधी प्रविधि जडानका लागि छानिएका थिए ।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु