global ime bank Long Banner Ad

गृहपृष्ठ देशका केही ठाउँमा बिहानैदेखि वर्षा केहीदिन हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका केही ठाउँमा बिहानैदेखि वर्षा केहीदिन हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका केही ठाउँमा बिहानैदेखि वर्षा केहीदिन हल्कादेखि मध्यम वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले कोशी र बाग्मती प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकरदुई ठाउँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भाग तथा मधेश प्रदेशका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले बताए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा बेलुका ठूलो पानी पर्नसक्ने सम्भावना छ । देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएकोले अबको केही दिन काठमाण्डौ उपत्यकासहित देशका अरु पहाडी क्षेत्रमा बेलुकापख हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले बताए ।

 

प्रकाशित समय : ०८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु