global ime bank Long Banner Ad

गृहपृष्ठ मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा सञ्चालनमा आउने

मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा सञ्चालनमा आउने

मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा सञ्चालनमा आउने

मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब   ‘डिजिटल’  प्रविधिमा सञ्चालन हुने छ ।  स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द  गरेको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दि ।

अष्ट्रियाको डोप्पलमेयर कम्पनीका   इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा  रुपान्तरण गर्ने कार्य भएको  बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा छ ।

प्रकाशित समय : ०६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु