global ime bank Long Banner Ad

गृहपृष्ठ सातौँ बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै

सातौँ बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै

सातौँ बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित सातौँ बेलबारी आरजु राईस अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने भएको छ ।

स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा दश टोलीको सहभागिता रहने आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए ।

उक्त प्रतियोगितामा नेपालका आयोजक एल एक्स सिटी फुटबल क्लबसहित साबिक विजेता ब्रिगेड ब्वाइज क्लब काठमाडौं नेपाल पुलिस क्लब काठमाडौं, चित्लाङ फुटबल क्लब काठमाडौं बुटवल लुम्बिनी फुटबल क्लब, झापा–११ फुटबल क्लब झापा, सलहेश युवा क्लब सिरहा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर, रारा फुटबल क्लब राजारानी धनकुटा र भारतको दलसिंहपारा स्पोर्टस एकेडेमी जयगाँउ वेस्ट वेङ्गाल रहने आयोजक समितिले जनाएको छ । बेलबारी नगरपालिका र अखिल नेपाल फुटवल सङ्घ ९एन्फा०को मुख्य सहयोग र आरजु राईस मिलको मुख्य प्रायोजन रहने खेलको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख पाउनेछन् ।

यस गोल्डकपको प्रथम संस्करणदेखि छैठौँ संस्करणसम्म डाँगिहाट युथ क्लब आयोजकको नाम रहँदै आएकोमा यस पटक भने आयोजक क्लबको नाम परिवर्तन भइ एल एक्स सिटी फुटबल क्लब भएको छ । सातौँ संस्करणदेखि रनिङ कप गोल्डकपमा दुई तोला सुन र दुई किलो पाँच सय ग्राम चाँदी जडित ट्रफी रहने आयोजक समितिका अध्यक्ष विक्रम राईले जानकारी दिए । सो ट्रफी लक्ष्मीमार्ग निवासी पोपिराज राई र ज्योतीराज राईले आफ्नो स्वर्गीय बुबा मज एनबि रुङ्माहाङ राईको स्मृतिमा सौजन्य गरेको हो ।

उक्त रनिङ कप ट्रफी लगातार तीन पटकको विजेता टोलीले प्राप्तसमेत गर्ने अध्यक्ष राईले बताए । हरेक दिनको खेलमा म्यान अफ दि म्याचसहित विधागत पुरस्कार सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वोत्कृष्ट गोलकर्ता, उदयीमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षक रहने आयोजक समितिका महासचिव शम्भु बस्नेतले जानकारी दिए ।

प्रकाशित समय : २०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु