global ime bank Long Banner Ad

गृहपृष्ठ पोलिश प्रधानमन्त्रीद्वारा आँधी प्रभावित क्षेत्रका लागि २६ करोड डलर सहायता घोषणा

पोलिश प्रधानमन्त्रीद्वारा आँधी प्रभावित क्षेत्रका लागि २६ करोड डलर सहायता घोषणा

पोलिश प्रधानमन्त्रीद्वारा आँधी प्रभावित क्षेत्रका लागि २६ करोड डलर सहायता घोषणा

प्रधानमन्त्री डोनाल्ड टस्कले सोमबार पोल्यान्डमा बोरिस आँधीबाट प्रभावित मानिसहरूका लागि करोडौँ डलरको सहयोग घोषणा गरेको छ । मुलुकमा मुसलधारे वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

बिहीबारदेखि अस्ट्रिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्यान्ड, रोमानिया र स्लोभाकियाका धेरै क्षेत्र तीव्र हावा र असामान्य रूपमा मुसलधारे वर्षाले प्रभावित भएका छन् ।

“अहिले हामीले बाढीबाट प्रभावित स्थान र मानिसहरूका लागि एक अर्ब ज्लाटी (२६ करोड डलर) को कोष सुनिश्चित गरेका छौँ”, प्रधानमन्त्री टस्कले पत्रकारहरूसँग भने, “आजदेखि बाढीबाट प्रभावित जो कोही र बाढी, भत्किएका भवनहरू, बाढीले बगाएका ग्यारेज, हराएका कारहरू, बाढीसम्बद्ध क्षतिका लागि सजिलै पैसा दाबी गर्न सक्नेछन् ।”

प्रहरीले सोमबार अद्यावधिक गरेको आँकडाअनुसार पोल्यान्डमा आँधीबाट चार जनाको मृत्यु भएको छ । “प्रकोपबाट प्रभावित क्षेत्रमा चार जनाको मृत्यु भएको छ”, पोलिश प्रहरी प्रवक्ता कटारजिना नोभाकले भने । यद्यपि मृत्युको सही कारण अझै स्पष्ट गर्न आवश्यक रहेको बताए ।

बोरिस आँधीका कारण मध्य र पूर्वी युरोपमा मुसलधारे वर्षा र बाढी आउँदा १४ जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् । साथै लाखौँ मानिसलाई उनीहरूको घरबाट स्थानान्तरण गरिएको छ ।

प्रकाशित समय : २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु