global ime bank Long Banner Ad

गृहपृष्ठ इरानी नोबेल पुरस्कार विजेताद्वारा महिलामाथि हुने ‘उत्पीडन’ विरुद्ध कारवाही गर्न आग्रह

इरानी नोबेल पुरस्कार विजेताद्वारा महिलामाथि हुने ‘उत्पीडन’ विरुद्ध कारवाही गर्न आग्रह

इरानी नोबेल पुरस्कार विजेताद्वारा महिलामाथि हुने ‘उत्पीडन’ विरुद्ध कारवाही गर्न आग्रह

महिलाको नेतृत्वमा भएको विरोध आन्दोलन सुरु भएको दुई वर्षपछि जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीले सोमबार इरानमा महिलामाथि हुने ‘उत्पीडन’ अन्त्यका लागि कारवाही गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

“म अन्तर्राष्ट्रिय संस्थाहरू र विश्वभरका मानिसहरूसँग सक्रिय कारवाही गर्न आह्वान गर्दछु”, शनिबार तेहरानको इभिन जेलमा लेख्नुभएको र सोमबार उहाँको फाउन्डेसनले प्रकाशित गरेको पत्रमा भनेको छ, “म संयुक्त राष्ट्रसङ्घसँग लैङ्गिक रङ्गभेदलाई अपराध बनाएर महिलाविरुद्ध धार्मिक र अधिनायकवादी सरकारहरूले गरिरहेको विनाशकारी उत्पीडन र भेदभावको सामना गर्न आफ्नो मौनता तोड्न र निष्क्रियता अन्त्य गर्न आग्रह गर्दछु ।”

आफ्नो लिङ्गका लागि मुलुकको कठोर ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी २२ वर्षीया इरानी कुर्द महसा अमिनीको सन् २०२२ सेप्टेम्बर १६ मा हिरासतमा मृत्य भएपछि ‘महिला, जीवन, स्वतन्त्रता’ का लागि विरोध प्रदर्शन सुरु भएको थियो ।

इरानमा महिलाका लागि अनिवार्य हिजाब लगाउनु पर्ने र मृत्युदण्डको सजायविरुद्ध अभियान चलाएकी मोहम्मदी सन् २०२१ नोभेम्बरदेखि तेहरानको इभिन जेलमा छन् । विगत एक दशकको अधिकांश समय जेलभित्र र बाहिर बिताएको छ ।

आइतबार ‘सरकारको दमनकारी नीतिहरूविरुद्ध इरानका प्रदर्शनकारी जनतासँग ऐक्यबद्धतामा’ विरोध आन्दोलनको दोस्रो वार्षिकोत्सवमा २४ घन्टाको प्रतीकात्मक भोक हडताल गर्ने इभिन जेलका ३४ महिलामध्ये मोहम्मदी एक हुन्।

मोहम्मदी जेलमा रहेका बेला छोराछोरीलाई सन् २०२३ मा उनको तर्फबाट नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा महिलाहरूले सार्वजनिक स्थानमा आफ्नो कपाल र गर्धन छोप्नुपरेको छ ।

‘महिला, जीवन, स्वतन्त्रता’ का प्रदर्शनहरूलाई अधिकारीहरूले दबाएपछि मानवाधिकार समूह एमनेस्टी इन्टरनेसनलले सुरक्षा बलहरूले कारबाहीमा अल्सट राइफल र शटगनहरूको प्रयोग गरेको बताएको छ ।

कारबाहीका क्रममा कम्तीमा पाँच सय ५१ जनाको मृत्यु भएको मानवाधिकार समूहहरूले बताएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार हजारौँ मानिसलाई पक्राउ गरिएको छ ।

तर मोहम्मदी निडर “अगाडिको बाटो चुनौतीपूर्ण भए पनि पहिले जस्तो केही पनि छैन भन्ने हामी सबैलाई थाहा छ”, उनले लेखको छ, “मानिसहरूले आफ्नो विश्वास, जीवन र समाजमा सबैभन्दा ठूलो परिवर्तन महसुस गर्दछन्, यस्तो परिवर्तनले अहिलेसम्म इस्लामिक गणतन्त्र शासनलाई पतन गराएको छैन तर धार्मिक अत्याचारको जगलाई हल्लाएको छ ।”

प्रकाशित समय : २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु