काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

क्रोसियामाथि पोर्चुगलको सहज जित, रोनाल्डोले पुरा गरे ९०० गोल

2.25K
shares

पोर्चुगलले युइएफए नेसन्स लिग अन्तर्गत क्रोसियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले क्रोसियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा डियोगो डोलाट र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै क्रोसियाका लागि पोर्चुगलका डोलाटले नै आत्मघाती गोल गरेका थिए ।

रोनाल्डोले आफ्नो क्यारियरमा ९००औं गोल गरेका छन् । रोनाल्डोले क्लबबाट ७६९ र पोर्चुगलका लागि १३१ गोल गरेका छन् ।

पोर्चुगलले अब नेसन्स लिगको दोस्रो खेलमा सेप्टेम्बर ९ मा स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ । त्यस्तै क्रोसियाले सेप्टेम्बर ९ मा पोल्याण्डसँग खेल्दै छ ।