गृहपृष्ठ टानको नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष प्रचण्डको बधाई
टानको नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष प्रचण्डको बधाई
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेकिङ व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् ।
टानको निर्वाचनबाट पार्टीसम्बद्ध सागर पाण्डे अध्यक्षमा विजयी भएपछि अध्यक्ष दाहालले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन।
“बिहानै खुसीको खबर बाँड्ने अवसर मिल्यो, अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीलाई हार्दिक बधाई छ”, अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गर्दै भनेका छन् ।
प्रकाशित समय : १२:२३ बजे


















