global ime bank Long Banner Ad

गृहपृष्ठ मोतिराम जयन्ती–सञ्चारकर्मी पाठक पुरस्कृत

मोतिराम जयन्ती–सञ्चारकर्मी पाठक पुरस्कृत

नेपाल पत्रकार महासङ्घ मोरङले मोतिराम भट्टको जन्मजयन्तीको उपलक्ष्यमा आज यहाँ आयोजित एक कार्यक्रमबीच पत्रकार सुशीला पाठकलाई पुरस्कृत गरेको छ ।

पीताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा स्थापित खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार पाठकलाई नगद रु १० हजारसहित सम्मानित गरिएको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पुरस्कार वितरण गर्दै पत्रकारिता क्षेत्र बौद्धिक, मर्यादित, प्राज्ञिक र जनसरोकारको पेसा भएको बताए । पत्रकारले सरकारलाई खबरवादी र जनतालाई सुसुचित गराउने अन्त्यन्त जिम्मेवारी निर्वाह गर्दै आएको उनको भनाइ छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पत्रकारिता क्षेत्रमा राज्य र समाजको लगानी आवश्यक भएको विचार राख्दै सञ्चारकर्मीले सत्य तथ्यका आधारमा समाचार समाजमा पस्कन आग्रह गरे ।

महासङ्घका मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराई, सचिव नेत्र पि अधिकारी, केन्द्रीय सदस्य अमर खड्का, समाजसेवी सुरेशराज शर्मा, प्रतिष्ठानका सचिव कविराज न्यौपानेले सञ्चारकर्मीले समाजमा पछाडि परेका जनताको शिक्षा, स्वास्थ्य, रोजगारी  र हक अधिकारका लागि कलम चलाउनुपर्ने सुझाव दिए ।

प्रतिष्ठानले यसअघि १८ जना सञ्चारकर्मीलाई सम्मान गरिसकेको छ ।

प्रकाशित समय : २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु