काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जर्मन बुण्डेसलिगा : बायर्न म्युनिखको विजयी सुरुवात

2.71K
shares

जर्मन बुण्डेसलिगा फुटबलको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी सुरुवात गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा वुल्फ्सबर्गलाई ३–२ गोलले हराउँदै बायर्नले सुखद सुरुवात गरेको हो ।

बायर्न म्युनिखको जितमा जमाल मुसियाला र सेर्गे ग्नाब्रीले एक–एक गोल गरेका थिए । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो । वुल्फ्सबर्गका जाकुब कामिन्स्कीले आत्मघाती गोल गरेका थिए । वुल्फ्सबर्गका लागि लोभ्रो माजेरले दुई गोल गरेका थिए ।

यो जितसँगै बायर्न म्युनिखले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ । वुल्प्mसबर्गले हारबाट प्रतियोगिताको सुरु गरेको छ ।