काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जनसेवामा निरन्तर जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

2.41K
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेकखर्कमा पहिरोमा परी छ जनाको दुखद निधन, चार जना बेपत्ता र एक जना घाइते भएको तथा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको खबरले स्तब्ध बनाएको उल्लेख गर्दै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, उपचार र राहतमा प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउन गराएका छन् ।

‘प्राकृतिक प्रकोपका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’– अध्यक्ष प्रचण्डले भनेका छन्, ‘उद्दार कार्यमा आवश्यक सहयोग र सहकार्यमा जुटेका हाम्रा पार्टीका सबै नेता कार्यकर्तालाई धन्यवादसहित जनसेवामा निरन्तर जुट्न निर्देशित गर्दछु ।’