nmb bank

गृहपृष्ठ राजनीतिक रूपमा सचेत मानिसले मात्र शिक्षा क्षेत्रको विकास गर्न सक्छ: महासचिव पोखरेल

राजनीतिक रूपमा सचेत मानिसले मात्र शिक्षा क्षेत्रको विकास गर्न सक्छ: महासचिव पोखरेल

राजनीतिक रूपमा सचेत मानिसले मात्र शिक्षा क्षेत्रको विकास गर्न सक्छ: महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको आर्थिक अवस्थामाथि उकास्नका लागि अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औँ राष्ट्रिय परिषद् बैठकलाई आज यहाँ सम्बोधन गदै उनले राजनीतिक अस्थिरता, सामाजिक अराजकता, सामाजिक तथा मौलिक संस्कृतिमाथि तीव्र आक्रमण, कमजोर आर्थिक अवस्थालगायत कारणले देश कमजोर अवस्थामा रहेकाले त्यसबाट मुक्त गराउनु अहिलेको मुख्य कार्यभार भएको धारणा राखे ।

महासचिव पोखरेलले सार्वजनिक शिक्षामा देखिएको चुनौती समाधानको आवश्यकता औँल्याउनुहुँदै त्यसको समाधान शिक्षक सङ्गठनले मात्र गर्न सक्ने जिकिर गरे । राजनीतिक रूपमा सचेत मानिसले मात्र शिक्षाको विकास गर्न सक्ने उनको भनाइ थियो । “हिजो नेपालको राजनीतिक जागरणमा जसरी नेपालका शिक्षकले भूमिका खेलेका थिए, आज समाज बन्दै गरेको नकारात्मक भाष्य चिर्ने काम पनि शिक्षकबाट नै सम्भव छ”, महासचिव पोखरेलले भने ।

प्रकाशित समय : १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु