गृहपृष्ठ राष्ट्रियसभाः विपद्को पूर्वतयारीमा जोड दिन माग
राष्ट्रियसभाः विपद्को पूर्वतयारीमा जोड दिन माग
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदले प्राकृतिक विपद्को पूर्वतयारीमा जोड दिनुपर्ने जोड दिएका छन् ।
सांसद तुलप्रसाद विश्वकर्माले सोलुखुम्बुमा गत शुक्रबार बाढीले क्षति गरेको उल्लेख गर्दै भने, “यस्ता घटना यसअघि पनि भएका छन् । सरकारको पूर्वतयारी र सर्तकता पुगेको छैन । जे जति दुर्घटना घट्छन् त्यसमा सरकारको तुरुन्तै सम्बोधन आवश्यक छ ।”
सांसद वामदेव गौतमले पूर्वतयारीमा राजनीतिक पार्टीका नेताको ध्यान नपुगेको बताए । सांसद विष्णुबहादुर विश्वकर्माले बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले बाढीपहिरोपीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे ।
सांसद विष्णुदेवी पुडासैनीले पछिल्लो पटक माओवादीबाट भएको विद्रोहका कारण पीडित हुनपुगेका नेपाली नागरिकलाई न्याय प्रदान गर्ने, शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन आवश्यक रहेकोमा जोड दिए ।
सांसद डा वेदुराम भुषालले महालेखाको ६१औँ प्रतिवेदनले बेरुजुलाई गम्भीरताका साथ लिनुपर्ने बताए । सांसद पूजा चौधरीले दिनप्रतिदिन सडक दुर्र्घटना बढ्दै गएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । सांसद उर्मिला अर्यालले निर्मला पन्तलगायतका घटनाका दोषी हालसम्म पनि पत्ता लाग्न नसकेको उल्लेख गर्र्दै यसमा सरकार संवेनदनशील हुनुपर्ने बताए ।
सांसद कृष्णप्रसाद पौडेलले देशको शैक्षिक क्षेत्र विभिन्न समस्याले जकडिएको धारणा राखे । उनले भने, “मुख्य समस्या ड्रपआउटको हो । ५० प्रतिशतभन्दा बढी विद्यार्थीले विद्यालय शिक्षा पूरा गरेका छैनन् । यसमा सरकारको ध्यानाकर्षण जरुरी छ।”
राष्ट्रियसभाको अर्को बैठक भदौ छ गते १ बजेर १५ मिनेटमा हुनेछ ।
प्रकाशित समय : १९:०४ बजे

















