nmb bank

गृहपृष्ठ राष्ट्रियसभा बैठकः सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभा बैठकः सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभा बैठकः सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

सभाको आजको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएकामा सर्वसम्मतिले स्वीकृत भएको हो । अध्यक्ष दाहाल प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा गर्नुहुँदै विधेयमा संशोधन राख्न चाहनुहुने सदस्यलाई राष्ट्रियसभा नियमावली २०७५ को नियम १०६ बमोजिम सभाअन्तर्गतको विधेयक शाखामा प्रस्ताव दर्ताको निम्ति आग्रह गरे ।

यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरे । विधेयकमाथिको छलफलमा सांसदहरू पदमबहादुर परियार, रेणु चन्द, विष्णुबहादुर विश्वकर्मा, रुक्मिणि कोइराला, किरणबाबु श्रेष्ठ र मायाप्रसाद शर्माले भाग लिए ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ ६ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु