global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा मल्ल चयन

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा मल्ल चयन

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा मल्ल चयन

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्रबहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन्।

मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्र बहादुर पाल र सचेतकमा निर्मला देवी साउद रहेका थिए। पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउद सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिए।

 

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु