global ime bank Long Banner Ad

गृहपृष्ठ हवाई उडानलाई सुरक्षित बनाउन सरकारले विशेष निर्णय गर्छ : पर्यटनमन्त्री

हवाई उडानलाई सुरक्षित बनाउन सरकारले विशेष निर्णय गर्छ : पर्यटनमन्त्री

हवाई उडानलाई सुरक्षित बनाउन सरकारले विशेष निर्णय गर्छ : पर्यटनमन्त्री
 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको हवाई उडानलाई सुरक्षित बनाउन सरकारले विशेष निर्णय लिने बताए  ।
 प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले  हवाई सुरक्षाको एकीकृत समाधानका लागि नीतिगत, कानुनी, संरचनागतलगायतका विषयमा अध्ययन गरी सरकारले चाँडै आवश्यक निर्णय लिने उल्लेख गर्नुभयो । विभिन्न समयमा गठन भएका विभिन्न समितिका प्रमुखसँग छलफल गरी छिट्टै विशेष निर्णय लिइने उहाँले बताउनुभयो ।
पर्यटनमन्त्री पाण्डेले आफ्ना लागि पद ठूलो र दुर्लभ नभएको उल्लेख गर्दै समग्र उडड्यन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माण गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मैले मन्त्री पदलाई कुनै ठूलो र दुर्लभ पद ठानेको छैन । म आफ्नो ईमान र मेहनतको भरमा काम गरिरहेको छु । अहिले मन्त्रालय मातहतका बेथिती र विसङ्गति हटाउन दैनिक १८ घण्टा काम गरिरहेको छु । म आफूलाई विकृतिको डुङ्गुरमाथि उभिएको महसुस गरेको छु ।”

प्रकाशित समय : १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु