global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

कांग्रेस बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

कांग्रेस बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

नेपाली कांग्रेसको बुधबारदेखि सुरु केन्द्रीय कार्यसमितिको बैठकमा आज विभिन्न ११ प्रस्तावमाथि छलफल प्रारम्भ भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा बुधबार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले ११ प्रस्ताव प्रस्तुत गरेका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, डा डिला सङ्ग्रौला, किरणराज शर्मा पौडेल, राजीव कोइराला, मानबहादुर नेपाली, राजेन्द्रकुमार केसी, गुरू बराल, कान्तिका सेजुवाल, भरतकुमार शाह, सीतादेवी देवकोटा र शारदा पौडेल, आमन्त्रित सदस्य नारायणी रायमाझी र प्रदेश सभापतिहरू उद्धव थापा ९कोशी०, कृष्णप्रसाद यादव ९मधेस०, ईन्द्रबहादुर बानियाँ ९बागमती०, शुक्रराज शर्मा ९गण्डकी०, अमरसिंह पुन ९लुम्बिनी०, ललितजङ्ग शाही ९कर्णाली० र बीरबहादुर बलायर ९सुदूरपश्चिम०ले धारणा राखेका थिए ।

बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने साङ्गठनिक अभियान ९भदौ १५(मंसिर २५०, अनुशासनको कारवाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपुर्ती, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय, क्रियाशील सदस्यता वितरण ९नयाँ र नवीकरण० प्रक्रिया, जनसम्पर्क समिति, नियमावली संसोधन प्रस्ताव, कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका, २०८१’ र समसामयिक राजनीति र अन्य विविध विषयसम्बन्धी प्रस्ताव पेस गरिएको छ ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि साउन २५ गते शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित समय : १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु