global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आठ वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशतमाथि, कुनको कति ?

आठ वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशतमाथि, कुनको कति ?

आठ वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशतमाथि, कुनको कति ?

खराब कर्जाको भुमरिमा परि रहेका वाणिज्य बैंक अझै माथि उठ्न सकेका छैनन् । गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको खराब कर्जा वृद्धि भएको हो । खराब कर्जामा आएको संकुचनले बैंकहरुको नाफा समेत प्रभावित भइरहेको देखिन्छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार १४ वाणिज्य बैंकको खराब कर्जा वृद्धि हुँदा ६ कम्पनीको भने घट्न सफल भएको छ । आर्थिक मन्दि र अर्थतन्त्रका सूचकमा देखिएको गिरावटमा समेत बैंकहरुले सन्तोषजनक रुपमा नै खराब कर्जा संकलन गरेको हो ।

हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्य एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम रहेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ०.७९ प्रतिशत खराब कर्जा रहेको कम्पनीको गत आर्थिक वर्षको सोहि अवधिमा ०.७१ प्रतिशत रहेको छ ।

 

खराब कर्जा कम हुने दोस्रो नम्बरमा सानिमा बैंकको १.७३ प्रतिशत, तेस्रो नम्बरमा नेपाल एसबिआइ बैंकको २ प्रतिशत, चौथो नम्बरमा रहेको स्टान्टर्ड चाटर्ड बैंकको २.१४ प्रतिशत, पाँचौ नम्बरमा रहेको सिद्धार्थ बैंकको २.२२ प्रतिशत रहेको छ ।

साथै, एनएमबि बैंकको ३.२७ प्रतिशत, नेपाल बैंकको ३.२८ प्रतिशत, एनआइसी एशिया बैकको ३.४१ प्रतिशत, कृषि विकास बैंकको३.४४ प्रतिशत, माछापुच्छे« बैंकको ३.६३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.६५ प्रतिशत, नबिल बैंकको ३.८५ प्रतिशत, सिटिजन्स बैंकको ४.०७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.३७ प्रतिशत, प्राइम बैंकको ४.६७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४.७२ प्रतिशत, प्रभु बैंकको ४.७८ प्रतिशत, हिमालयन बैंकको४.९१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ४.९५ प्रतिशत र कुमारी बैंकको ४.९५ प्रतिशत खराब कर्जा रहेको छ ।

 

प्रकाशित समय : १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु