गृहपृष्ठ सुरू गरेका काम सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कँडेल
सुरू गरेका काम सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरू गरिएका काम सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आज बसेको २६औँ बैठकलाई सम्बोधन गदै समयमा काम हुँदैन भन्ने भाष्यको अन्त्य गरी थालिएका काम सकिएको विवरण दिने गरी सरकार अगाडि बढ्ने बताए । मुख्यमन्त्री कँडेलले भने, “व्यवस्था बदलियो, संविधान निर्माण भयो । संविधान राम्रो हुँदा त्यसको सही कार्यान्वयन नहुँदा नागरिकले प्रत्याभूति गर्ने गरी काम भएको देखिदैन । यसतर्फ ध्यान दिनुपर्छ ।” कर्णालीमा जनशक्तिको व्यवस्थापन र क्षमता अभिवृद्धि गर्नतर्फ सरकारको ध्यान गएको उल्लेख गर्दै प्रदेश लोकसेवा आयोगबाट जनशक्ति व्यवस्थापन गर्न विशेष सहजीकरण गर्ने बताए ।
“जनशक्ति व्यवस्थापनमा समस्या छ, उपलब्ध जनशक्तिले पनि उत्साहित भएर काम गर्न सकेका छैनन् । त्यसैले काम गर्नेहरूले मुद्दा खेप्नुपर्ने अवस्था आउन नदिने, तोकिएको काम पूरा नगर्नेलाई जिम्मेवारी दिने, मूल्याङ्कनको परिपार्टीलाई व्यवस्थित बनाएर लैजाने पद्धति बसाल्ने र अब काम गर्दा समय मै भुक्तानी हुन्छ भन्ने मानक तयार गर्न मेरो जोड रहने छ”, मुख्यमन्त्री कँडेलको भनाइ थियो ।
प्रकाशित समय : १९:१८ बजे




















