global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ लखन्देहीले भत्काएको बाँध सशस्त्र र सेनाको टोलीद्वारा मर्मत

लखन्देहीले भत्काएको बाँध सशस्त्र र सेनाको टोलीद्वारा मर्मत

लखन्देहीले भत्काएको बाँध सशस्त्र र सेनाको टोलीद्वारा मर्मत

सर्लाहीको कौडेनामा बाढीले भत्काएको लखन्देही खोलाको बाँध स्थानीयको सहयोगमा सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले मर्मत गरेको छ ।

आज सशस्त्र प्रहरी १० नम्बर गण कविलासी र भैरवी दलगण पाँच कुमारी ब्यारेकबाट पुगेको नेपाली सेनाको टोलीले लखन्देही खोलाको बाँध मर्मत गरेको हो । गत साउन १६ गते चुरे क्षेत्रमा भएको भीषण वर्षापछि आएको बाढीले कौडेना गाउँपालिका–५, स्थित लखन्देहीको बाँध भत्काएको थियो ।

बाढीले भत्काएको १५ मिटर लामो १० फिट चौडा बाँध निर्माणमा स्थानीय, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निर्माण गरिरहेको कौडेना गाउँपालिका–५, कि वडाध्यक्ष अनिशा खातुनले जानकारी दिए । बाँध फुटेपछि लखन्देहीको पानी कौडेना गाउँपालिका–५, स्थित छपकैया, भाडसर र खुटौना गाउँतर्फ सोझिएको थियो ।

प्रकाशित समय : १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु