global ime bank Long Banner Ad

गृहपृष्ठ मर्यादित मिडियाले नागरिकको मर्यादा जोगाउँछ : राष्ट्रपति पौडेल

मर्यादित मिडियाले नागरिकको मर्यादा जोगाउँछ : राष्ट्रपति पौडेल

मर्यादित मिडियाले नागरिकको मर्यादा जोगाउँछ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताए  ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आफूसँग भेट गर्न आएका काउन्सिलका पदाधिकारीसँग उहाँले त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका महत्त्वपूर्ण बताए । राष्ट्रपति पौडेलले नयाँ मिडियाले ल्याएका चुनौतीलाई सम्बोधन गर्नेगरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव दिए ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली मिडियामा देखिएका पछिल्ला प्रवृत्ति, समस्या, नयाँ प्रयोगबारे सङ्क्षिप्त रुपमा अवगत गराए । युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका सञ्चारमाध्यमलाई नियमन गर्न काउन्सिलले विभिन्न काम गर्दै आएको जानकारी दिए  ।

प्रकाशित समय : १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु