global ime bank Long Banner Ad

गृहपृष्ठ सहज रूपमा मानव अङ्ग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न माग

सहज रूपमा मानव अङ्ग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न माग

सहज रूपमा मानव अङ्ग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न माग

नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सहज रुपमा मानव अङ्ग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले मिर्गौला प्रत्यारोपण गर्न नपाएको कारण कीर्तिपुरका प्रमुखको निधन भएको र उपचारको अभावमा सङ्गीतकार गुरुदेव कामदको निधन हुनुभन्दा विडम्बनापूर्ण रहेको बताए  ।  रोग लाग्नुभन्दा पहिले नै निदानको प्रबन्ध गर्न र हरेक विद्यालयमा योग शिक्षकको व्यवस्था गर्न गर्नुपर्ने बताए  । सांसद भण्डारीले शिक्षा प्रणालीमा देखिएको समस्या समाधान गर्न र आगामी दिनमा उत्पन्न हुनै नदिने प्रबन्ध गर्नैपर्ने बताए । नदी किनार, पहिरो जाने स्थानमा लामो समयदेखि बस्दै आएका सुकुम्बासीलाई राजनीतिक पार्टीको रसिद थमाइएको तर उनीहरुको समस्या समाधान हुन नसकेको उल्लेख गर्दै वास्तविक सुकुम्बासी पहिचान गर्नुपर्ने बताए । उहाँले राजनीतिक स्थायित्व भएको खण्डमा मुलुक बन्ने बताए ।

सांसद अच्युतप्रसाद मैनालीले संविधानमा उल्लेख गरिएको मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सबैको ध्यानाकर्षण गराउनुभयो । सांसद डा तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीमा मौलाएको अनियमितता पारदर्शी तवरले छानबिन गरेकोबताए । रेडक्रसमा रगत सङ्कलन र भण्डारणमा समेत अनियमितता रहेको पाइएको भनेर छानबिन समितिले औँल्याएको बताए ।

रेडक्रसका पदाधिकारी आर्थिक अनियमितता र भ्रष्टाचारमा संलग्न रहेको, रक्तसञ्चार भवन निर्माणमा भ्रष्टाचार भएको, भक्तपुरको जग्गा खरिदमा पनि उस्तै बेथिती रहेको पाइएको छ । मानवीय संस्थामाथि भ्रष्टाचारको प्रश्न उठ्नु आफैँमा दुःखद् रहेको सांसद कार्कीको भनाइ छ ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु