गृहपृष्ठ बीमा कम्पनीहरुले गरेका सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्चबारे बीमा प्राधिकरण नै अन्योलमा
बीमा कम्पनीहरुले गरेका सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्चबारे बीमा प्राधिकरण नै अन्योलमा
नेपालमा सञ्चालित बीमा कम्पनीहरुले गरेको सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्चबारे नियामक नेपाल बीमा प्राधिरकण नै अन्योलमा पर्ने गरेको छ ।
नियामक नेपाल बीमा प्राधिकरणको अनलाईन रिर्पोटिङ सिष्टम आईआरएमआईएसमा कुनै पनि बीमा कम्पनीहरुले गतवर्ष गरेको सामाजिक उत्तर दायित्व अन्तर्गतको खर्च प्रविष्ट गरेका छैनन् । बीमा कम्पनीहरुले एक वर्ष अघि गरेको खर्च समेत उक्त सिष्टममा इन्ट्री नभएको बीमा प्राधिकरण स्रोतले जनाएको छ ।
बीमा कम्पनीहरुले सामाजिक उत्तर दायित्व अन्तर्गत गत वर्ष भुकम्प प्रभावित जाजरकोट, बाढी पहिरो, सरसफाई लगायतमा खर्च गर्नुपर्नेछ । तर, बीमा कम्पनीहरुले त्यस्तो खर्चको विवरण बीमा प्राधिकरणमा हालसम्म पनि पेश भएको छैन । कपितय बीमा कम्पनीहरुले कृत्तिम कार्यक्रम गरेको भन्दै सामाजिक उत्तर दायित्व अन्तर्गत खर्च गरेको विवरण तयार गर्ने गरेका छन् ।
देशमा ३७ वटा बीमा कम्पनीहरु सञ्चालनमा भएपनि सामाजिक उत्तर दायित्वमा भने कन्जुस्याई गर्ने गरेका छन् । कपितय बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, बृद्धाश्रममा आद्यान्न वितरण गरेर सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको भन्दै सूचि तयार गर्ने गरेका छन् ।
सरकारले सार्वजनिक कम्पनीहरुलाई जनतामा सचेतना, स्वास्थ्य, शिक्षा, सरसफाई, राहत तथा उद्धारमा खर्च गर्नुपर्नेमा बीमा कम्पनीहरुले त्यसरी खर्च नगरेको गुनासो उठ्न थालेको छ ।
अझ बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको खर्चको विवरण नियामक बीमा प्राधिकरणले नै नपाउने भएपछि अब यसको नियमन कसरी होला ? प्रश्न पेचिलो बनेको छ ।
प्रकाशित समय : १८:४६ बजे

















