global ime bank Long Banner Ad

गृहपृष्ठ ‘राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा सरकार गठन हुन्छ’

‘राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा सरकार गठन हुन्छ’

‘राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा सरकार गठन हुन्छ’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा सरकार गठन हुने बताए ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रदेशसभामा पार्टीको सङ्ख्याका आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मुख्यमन्त्रीसहित पाँच र नेपाली कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने र कांग्रेसले नाम दिएको आधारमा दुई÷चार दिनभित्र मन्त्रिमण्डल विस्तार गरिने बताए ।

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु