global ime bank Long Banner Ad

गृहपृष्ठ सञ्चारमन्त्रीद्वारा मानवसेवा आश्रम भवनको निरीक्षण

सञ्चारमन्त्रीद्वारा मानवसेवा आश्रम भवनको निरीक्षण

सञ्चारमन्त्रीद्वारा मानवसेवा आश्रम भवनको निरीक्षण

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यहाँ निर्माणाधीन मानवसेवा आश्रम भवनको निरीक्षण गरका छन् । बेँसीसहर नगरपालिका–९ पाखाथोकमा निर्माणाधीन मानवसेवा आश्रमको आज यहाँ उनले स्थलगत निरीक्षण गरेका हुन ।

आश्रमको निरीक्षण गर्दै सञ्चारमन्त्री गुरुङले आफू प्रदेशको मुख्यमन्त्री हुँदा नै आश्रमलाई सक्दो सहयोग गरेको र आगामी दिनमा पनि बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले असहाय, बेवारिसे, दिन दुःखीलाई आश्रय दिएर आश्रमले सराहनीय काम गरेको बताए ।

सो अवसरमा आश्रमकी संयोजक अनिता अधिकारीले सञ्चारमन्त्री गुरुङलाई भाडामा आश्रम सञ्चालन गर्दा समस्या भएको बताए । आश्रमका लागि धेरै संरचना बन्न बाँकी रहेको उनले सञ्चारमन्त्री गुरुङलाई जानकारी दिए ।

पहिरो रोकथाम गर्न, पर्खाल टेवा लगाउन, जग्गा सम्याउन र तीनवटा घर निर्माण गर्न ६ करोड खर्च भइसकेको संयोजक अधिकारीको भनाइ थियो । विसंं २०७८ देखि आश्रम निर्माण थालिएको हो । गण्डकी प्रदेश सरकार, पालिका, विभिन्न सङ्घसंस्थाको भवन निर्माण भइरहेको छ । आश्रमको भवन निर्माण गर्न ‘बालसपना समाज’ले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ । विसंं २०७३ चैतदेखि बेँसीसहर नगरपालिका–७ मा घर भाडामा लिएर आश्रम सञ्चालन गरिएको छ । हाल आश्रममा २३ जना रहेका संयोजक अधिकारीले बताए ।

 

प्रकाशित समय : १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु