global ime bank Long Banner Ad

गृहपृष्ठ पेरिस ओलम्पिकमा भारतले जित्यो पहिलो पदक

पेरिस ओलम्पिकमा भारतले जित्यो पहिलो पदक

पेरिस ओलम्पिकमा भारतले जित्यो पहिलो पदक

भारतले पेरिस ओलम्पिकमा पदकको खाता खोलेको छ । भारतकी मनु भाकरले पेरिस ओलम्पिकमा भारतका लागि महिला १० मिटर एयर पिस्टलमा तेस्रो हुदै काशी पदक जितेकी हुन् ।

उनले २२१.७ अंकका साथ तेस्रो स्थान हासिल गरेकी थिइन् । यस प्रतियोगितामा दक्षिण कोरियाका दुई खेलाडीले स्वर्ण र रजत पदक जितेका थिए । उनी सुटिङमा ओलम्पिक पदक जित्ने पहिलो भारतीय महिला खेलाडी बनेकी छन् ।

योसँगै उनले सुटिङमा भारतको १२ वर्षको पदक खडेरी पनि समाप्त गरेकी छन् । २०१२ लण्डन ओलम्पिकमा गगन नारङ र विजय कुमारले सुटिङमा पदक जितेका थिए ।

 

प्रकाशित समय : १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु