global ime bank Long Banner Ad

गृहपृष्ठ रौतहटमा चार लाखबढी अबैध रुपैयासहित भारतीय नागरिक पक्राउ

रौतहटमा चार लाखबढी अबैध रुपैयासहित भारतीय नागरिक पक्राउ

रौतहटमा चार लाखबढी अबैध रुपैयासहित भारतीय नागरिक पक्राउ

रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरी सहित संयुक्त टोलीले ४ लाख भन्दा बढी अबैध रुपैया सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गौर नगरपालिका २ भन्सार ईलाकामा प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख डिएसपी राजेश कुमार श्रेष्ठको कमाण्डमा सशस्त्र बल नेपाल, र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डको संयुक्त टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको विआर ३० एसी ७९१४ नम्बरको मोटरसाईकल चेक जाँच गर्दा मोटरसाईकलको भाईजर भित्र लुकाएको ४ लाख ४० हजार रुपैया बरामद भएको हो ।

मोटरसाईकल चालक भारत बिहार जिल्ला सितामढी बैरगनिया -८ असोगी टोल बस्ने वर्ष ४७ को प्रदिप कुमार वर्मा लाई श्रोत नखुलेको नेपाली रुपैया चार लाख चालिस हजार र हिरो स्प्लेन्डर मोटर साईकल सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।

पक्राउ परेका वर्मालाई आबश्यक कार्बाहीको लागि बरामद रुपैया र मोटरसाइकल सहित जिल्ला भन्सार कार्यालय गौरमा रौतहटमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु