global ime bank Long Banner Ad

गृहपृष्ठ बागमतीको मुख्यमन्त्री भए कांग्रेसका बहादुरसिंह लामा

बागमतीको मुख्यमन्त्री भए कांग्रेसका बहादुरसिंह लामा

बागमतीको मुख्यमन्त्री भए कांग्रेसका बहादुरसिंह लामा

नेपाली कांग्रेस संसदीय दल नेता बहादुरसिंह लामा तामाङ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

मंगलबार अपराह्न प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख कार्यालयका सचिव गोविन्दप्रसाद पौडेलले प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा तामाङलाई नियुक्त गरिएको बताए।

नेकपा (एमाले) को समर्थनमा कांग्रेसका लामा मुख्यमन्त्री बनेका हुन्। बागमतीमा मुख्यमन्त्रीसहित कांग्रेसले ७ र एमालेले ६ मन्त्रालय लिने सहमति भएको छ।

बागमतीमा कांग्रेसले पहिलो पटक सरकारको नेतृत्व लिएको छ।

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु