global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्व सहायकमन्त्रीको हत्याको अध्ययन भइरहेको छ: गृहमन्त्री लेखक

पूर्व सहायकमन्त्रीको हत्याको अध्ययन भइरहेको छ: गृहमन्त्री लेखक

पूर्व सहायकमन्त्रीको हत्याको अध्ययन भइरहेको छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले पूर्वभूमिसुधार सहायकमन्त्री रामचन्द्र रायको हत्यालाई प्रहरीले सूक्ष्म अध्ययन थालेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ८० वर्षीय रायको हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन ।

उनको घरमा काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । परिचय खुल्न बाँकी तीन जनाको खोजी भइरहेको छ”, गृहमन्त्री लेखकले भने, “सिआइबीबाट सिनियर प्रहरी अफिसर तथा प्राविधिक जनशक्तिसहितको टोली घटनास्थलमा खटिएको छ । यस घटनाबारे सुक्ष्म अध्ययन भइरहेको छ ।” पूर्वभूमिसुधार सहायकमन्त्री रायको आइतबार राति उनकै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु