गृहपृष्ठ काठमाडौँ उपत्यकामा हैजाका बिरामी भेटिए
काठमाडौँ उपत्यकामा हैजाका बिरामी भेटिए
काठमाडौँ उपत्यकामा फेरि हैजाका बिरामी भेटिएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार ललितपुरको गोदावरी नगरपालिकाका १६ वर्षीय बालकमा हैजा संक्रमण पुष्टि भएको हो। हाल उनको अस्पतालको क्याविनमा उपचार भइरहेको उनले बताए।
ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ स्थित थैबको एक पुनर्स्थापना केन्द्रमा बस्ने बिरामी आएको थियो, लक्षण हेर्दा हैजा जस्तो लागेर हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाएका थियौँ, पोजेटिभ आयोु, निर्देशक डा बसौलालले भने।
त्यस्तै सोही स्थानबाट आएका अर्का एक जना संकास्पद बिरामीको पनि हाल आइसियुमा राखेर उपचार भइरहेको उनले बताए। परीक्षणका लागि हामीले नमूना पठाएका छौँ तर रिपोर्ट आएको छैनु, डा बसौलाले भने।
त्यसपछि बूढानीलकण्ठ, कालिमाटीलगायतका स्थानमा गरेर ७७ जना हैजाका बिरामी पुष्टि भएको थियो।
प्रकाशित समय : १७:२० बजे

















