गृहपृष्ठ एन्टर्क ओनर्स ग्रुप (एनओजी) माइलेज टेस्ट पोखरामा सम्पन्न
एन्टर्क ओनर्स ग्रुप (एनओजी) माइलेज टेस्ट पोखरामा सम्पन्न
टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बामोटर्सले पोखरामामाइलेज टेस्ट सफलता पूर्वक सम्पन्न गरेको छ ।
शनिबार आयोजना भएको यस राइड टिभिएसको पोखरास्थित शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथपुगेर समापन भएको थियो ।
उक्त राइडको क्रममा करिब ५० राइडरहरूले माइलेज टेस्ट एनओजी राइडमा भागलिएका थिए र सहभागीहरूबीच विभिन्न खेलहरू पनि खेलाइएको थियो । स्क्वायर मोटर्स देखिसेभेन लेक्स रिसोर्ट सम्म माइलेज टेस्ट गर्दा७७.२ किलोमिटर माइलेज सहित दीनानाथ अधिकारी विजेता हुन सफल भएका थिए भने,७५.३८ किलोमिटरको माइलेज सहित रोशनी लामिछाने दोस्रो र ७३.८४ किलोमिटरका राइड सहित सुमन देवकोटा तेस्रो हुन सफल भएका थिए । सबै राइडरहरूलाई सहभागिताको प्रमाणपत्र समेत प्रदानगरिएको थियो ।
उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमती लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टिभिएसको पोखराकोशोरुम, स्क्वायरमोटसका ओनर बिनोदमान श्रेष्ठले सबै सहभागीहरूलाई भव्य स्वागत गरेका थिए ।
टिभिएसकीप्रोडक्ट हेड करुना पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्यलक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धिमनाउनु र एनटर्कको माइलेज,पावर र पर्फर्मेन्स प्रतिविश्वास बढाउनु हो । उक्त राइडमा हेड मार्सलले विभिन्न सडक सुरक्षाको बारेमाजानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनिप्रदान गरेका थिए ।
यो अविस्मरणीय राइडले टिभिएस एनटर्कको लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा मात्रनभई एनटर्क ओनर ग्रुपका राइडरहरू बीचको सद्भावलाई पनि बलियो बनाएको छ ।
प्रकाशित समय : १७:११ बजे


















