nmb bank

गृहपृष्ठ प्रधानमन्त्री ओलीले पाए संसद्‍को दुईतिहाइ मत, पक्षमा १८८, विपक्षमा ७४

प्रधानमन्त्री ओलीले पाए संसद्‍को दुईतिहाइ मत, पक्षमा १८८, विपक्षमा ७४

प्रधानमन्त्री ओलीले पाए संसद्‍को दुईतिहाइ मत, पक्षमा १८८, विपक्षमा ७४

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट विश्वासको मत पाएका छन् । गत असार ३० गते नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका उनले संसद्‍को दुईतिहाइ समर्थन पाएका हुन् ।

उनले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए । त्यसैअनुसार उनको पक्षमा नेपाली कांग्रेससहितका दलहरूले संसद्‍को दुईतिहाइ अर्थात् १८८ मत पाएका हुन् । ओलीको विपक्षमा ७४ मत परेको छ । संसद्मा आज २६३ जना उपस्थित थिए ।

उनको पक्षमा ७ वटा दल र तीन स्वतन्त्र सांसद गरेर १ सय ९२ सांसदले मतदान गरेका छन् । ओलीको पक्षमा नेपाली कांग्रेसका ८८ र नेकपा एमालेका ७६ सांसदले मतदान गरेका छन् ।

एमालेका २ सांसदले मतदान गरेनन् । पाँचथरबाट निर्वाचित वसन्तकुमार नेम्बाङ बिरामी परेकाले उपस्थित भएनन् । यस्तै, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् ।

ओलीलाई डा. सीके राउत नेतृत्वको जनमत पार्टीका ६ सांसदले विश्वासको मत दिएका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका ७ सांसदले पनि ओलीलाई मत दिए ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, नागरिक उन्मुक्ति पार्टीका ४ र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले ओलीलाई विश्वासको मत दिए ।

यीमध्ये नागरिक उन्मुक्ति, जनमत र जसपा नेपाल संघीय सरकारमा सहभागी छैनन् । स्वतन्त्र सांसदहरू योगेन्द्र मण्डल र डा अमरेशकुमार सिंहले पनि ओलीको पक्षमा मतदान गरे ।

प्रकाशित समय : १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु