nmb bank

गृहपृष्ठ प्रमोकोड ‘फोन पे डाइरेक्ट’ प्रयोग गरेर आइफोन १५ प्रो जित्न सकिने

प्रमोकोड ‘फोन पे डाइरेक्ट’ प्रयोग गरेर आइफोन १५ प्रो जित्न सकिने

प्रमोकोड ‘फोन पे डाइरेक्ट’ प्रयोग गरेर आइफोन १५ प्रो जित्न सकिने

 प्रमोकोड ‘फोन पे डाइरेक्ट’प्रयोग गरेर आइफोन १५ प्रो जित्न सकिने भएको छ। फोनपेले प्रमुख अभियान ‘फोन पे डिरेक्टः पैसा पठाऔं ठाउँ को ठाउँ’को घोषणा गरेको हो।

अभियानले फोन पेका प्रयोगकर्तालाई मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआरमार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवाबारे प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने तथा प्रयोगकर्तालाई सजिलो छ।

अभियान २ महिना (भदौ ३१)सम्म चल्नेछ। अभियानको अन्त्यमा दुई भाग्यशाली विजेताले आइफोन १५ प्रो उपहार पाउनेछन्।

उपहार जित्न प्रयोगकर्ताले ‘फोन पे डाइरेक्ट’बाट पैसा पठाउँदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड ‘फोन पे डाइरेक्ट’ राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ एप प्रयोग गरेर ‘फोन पे डाइरेक्ट’मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ।

‘हामी ‘फोन पे डिरेक्ट? पैसा पठाऔँ ठाउँ को ठाउँ’ विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं,’ फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने। अभियानले नेपाली उपभोक्ताका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने आफूहरूको प्रतिवद्धता रहेको उनले बताए।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु