global ime bank Long Banner Ad

गृहपृष्ठ कृषिमा यान्त्रिकीकरण गर्न अनुदानमा कृषि औजार

कृषिमा यान्त्रिकीकरण गर्न अनुदानमा कृषि औजार

कृषिमा यान्त्रिकीकरण गर्न अनुदानमा कृषि औजार

भीमसेन थापा गाउँपालिकाले कृषिमा  यान्त्रिकीकरण गर्न अनुदानमा कृषि औजार वितरण गरेको छ।

पालिकाभित्रका प्रत्येक वडाको एउटा कृषि सहकारी छनोट गरी कृषि औजार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जराले जानकारी दिए।

किसानलाई प्रोत्साहित गर्दै कृषि पेसालाई यान्त्रिकीकरणमा जोड दिने उद्देश्यले शतप्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको उनले बताए। पालिकाले २७ लाख १५ हजार रूपैयाँ बराबरको कृषि औजार खरिद गरी वितरण गरेको गाउँपालिका कृषि शाखा प्रमुख विनोद भन्तनाले जानकारी दिए।

गाउँपालिकाले बीउ रोप्ने उपकरण सात थान, थ्रेसर, चाप कटर, पानी तान्ने पम्प एक/एक थान वितरण गरेको हो।

स्प्रे पम्प तीन थान, हाते ट्याक्टर चार थान, घाँस काट्ने मेसिन दुई थान र मकै छोडाउने मेसिन एउटा वडामा पाँच थानको दरले वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

वितरण गरिएका कृषि औजार सहकारीमार्फत न्यून शुल्क तिरेर किसानले प्रयोग गर्न पाउनेछन्।

‘कृषि उपकरणको अभावमा कृषिमा लागत बढी र उत्पादन कम हुने अवस्था छ,’ कृषि शाखाका प्रमुख भन्तनाले भने, ‘अब कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन बढाउन प्रविधिको प्रयोगमा जोड दिने गाउँपालिकाको योजना छ।’

गाउँमा खेतीयोग्य जमिन बाँझो हुँदै गएकाले कृषिलाई प्रविधिमैत्री बनाउन सके कम लगानीमा बढी उत्पादन गर्न सकिने उनको भनाइ छ। ‘परम्परागत खेती प्रणालीले कृषि उत्पादन वृद्धि गर्न सकिँदैन,’ उनले भने, ‘उत्पादन बढाउन कृषिमा यान्त्रिकीकरण गर्नु अनिवार्य छ।’

प्रकाशित समय : १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु