गृहपृष्ठ स्पेनले जित्यो युरो कपको उपाधि
स्पेनले जित्यो युरो कपको उपाधि
युरो कपको उपाधि स्पेनले जितेको छ। हिजो राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक–एक गोल गरेका थिए। विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए।
त्यस्तै इङल्याण्डका लागि कोल पाल्मरले खेलको ७३औं मिनेटमा एक गोल गरेका थिए। योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ। स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो ।
प्रकाशित समय : ०६:४० बजे


















