nmb bank

गृहपृष्ठ ललित स्मृति एन्फा यु–१८ युथ लिगको पुरस्कार राशी घोषणा

ललित स्मृति एन्फा यु–१८ युथ लिगको पुरस्कार राशी घोषणा

ललित स्मृति एन्फा यु–१८ युथ लिगको पुरस्कार राशी घोषणा

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असार ३० गतेदेखि हुने ललित स्मृति एन्फा यु–१८ युथ लिगको विजेताले रु एक लाख प्राप्त गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष तथा लिग संयोजक दीपक खतिवडाले लिग विजेताले रु एक लाख तथा उपविजेतालाई रु ५० हजार प्रदान गरिने जानकारी दिए ।  विधागततर्फ उत्कृष्ट हुनेलाई रु १५ हजार प्रदान गरिनेछ । संयोजक अतिवडाले प्रतियोगिताको तयारीबापत सहभागी क्लबले रु तीन लाख ५० हजार प्राप्त गरिने र लिगका सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आयोजना गरिने जानकारी दिए ।

यही असार ३० गतेदेखि सुरू हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन् । उक्त खेल दिउँसो १ बजे सुरू हुनेछ । प्रतियोगितामा गत संस्करणमा ‘ए’ डिभिजन खेलेका एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सङ्कटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब पनि प्रतिस्पर्धामा सहभागी हुने आयोजकले जनाएको छ ।

प्रकाशित समय : १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु