nmb bank

गृहपृष्ठ ललितपुर महानगरको बजेट कार्यान्वयनमा सुधार

ललितपुर महानगरको बजेट कार्यान्वयनमा सुधार

ललितपुर महानगरको बजेट कार्यान्वयनमा सुधार

ललितपुर महानगरपालिकाले बजेट कार्यान्वयनमा सुधार गरेको छ । महानगरका अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ मा ल्याएको बजेट कार्यान्वयन अघिल्लो आवभन्दा सुधार आएको हो ।

चालु आवमा महानगरले कुल ६ अर्ब ५० करोड ५ लाख रुपैयाँ बजेट ल्याएको थियो । जसमध्ये ५ अर्ब ४३ करोड ५७ लाख अर्थात् ८३ दशमलव ६२ प्रतिशत खर्च भइसकेको महानगरले जनाएको छ ।

महानगरले चालु खर्च स्वभाभिवक रूपमा सधैँ गर्ने भए पनि यो आवमा पुँजीगत खर्च पनि बढाएको छ । पुँजीगत तर्फ छुट्याएको ४ अर्ब २१ लाख रुपैयाँ मध्ये ८१.३ प्रतिशत खर्च गर्न सफल भएको हो ।

यस्तै चालु खर्च तर्फ २ अर्ब ४९ करोड ८४ लाख मध्ये ८५ दशमलव ४१ प्रतिशत महानगरपालिकाले खर्च गरेको छ । आन्तरिक राजस्व तर्फ २ अर्ब ४० करोड लक्ष्य राखेकोमा ९८।५ प्रतिशत संकलन भएको छ । अन्तिम दिनसम्म १०० प्रतिशत नै हुने महानगरको दाबी छ ।

महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले महानगरले पुँजीगत खर्च बढ्दा महानगरको खर्च बढेको बताइन् । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईंले सम्भवत अहिलेसम्मको उत्कृष्ट बजेट कार्यान्वयन भएको दाबी गरे ।

अघिल्ला आवहरूमा महानगरले दोस्रो नगरसभा मार्फत बजेटको अनुमान संशोधन गर्ने गरे पनि यो पटक नगरेको उनको तर्क छ । गत आर्थिक वर्ष २०७९/८० मा ललितपुर महानगरपालिकाको कुल बजेट ६ अर्ब ३५ करोड ३५ लाख थियो ।

प्रकाशित समय : १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु