काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सेयरबजार २१.२७ अंकले बढ्यो, ६ अर्बको उच्च कारोबार

4.1K
shares

साताको पहिलो दिन सेयरबजारमा उत्साह छाएको छ। कारोबार मापन गर्ने नेप्से सूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेको हो नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार रकम पनि उच्च छ।

१ करोड ४० लाख १४ हजार ६ सय २२ कित्ता सेयर बिक्री हुँदा कारोबार रकम नै ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ पुगेको छ।

आज ८२ कम्पनीको मूल्य घटे पनि १५० वटाको सेयर मूल्य बढेको छ। १५ वटाको भने अघिल्लो कारोबार मूल्यमै कारोबार भएको छ।

सेयरबजार बढेको दिन लगानीकर्ताले ५.२५ प्रतिशतसम्मको मात्र प्रतिसेयर आम्दानी गरेका छन्। आज मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले १० प्रतिशत प्रतिसेयर नोक्सानी व्यहोरे पनि अन्य लगानीकर्ताले ६.६२ प्रतिशतसम्म गुमाएका छन्।

कारोबारतर्फ सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड ७१ लाख, हिमालयन रिइन्स्योरेन्सको १५ करोड ५० लाख, सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको १३ करोड ८७ लाख, गुडविल फाइनान्सको ११ करोड ५९ लाखको कारोबार भएको छ।