global ime bank Long Banner Ad

गृहपृष्ठ राप्ती नदिमा बेपत्ता दुवै जनाको शव फेला

राप्ती नदिमा बेपत्ता दुवै जनाको शव फेला

राप्ती नदिमा बेपत्ता दुवै जनाको शव फेला

अविरल वर्षाको कारण राप्ती नदिमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

दाङ जिल्लाको राजपुर गाउँपालिका–२ बेलाका बस्ने १८ वर्षिय राजकुमार यादवको शव सोही जिल्लाको लमही नगरपालिका–७ हसनपुर घाटमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको हो । उनी दुध बिक्री गरी घर फर्कने क्रममा असार २२ गते बिहान करीव ९: ३० बजे सो नदिले बगाएको बताईएको छ ।

त्यस्तै सोही जिल्लाको लमही नगरपालिका–७ नयाँबस्ती बस्ने ६२ वर्षिय मणि चौधरीको शव सोही गण र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । तरकारी टिप्न गएका उनी असार २२ गते सो नदिले बगाई बेपत्ता भएका थिए ।

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु