global ime bank Long Banner Ad

गृहपृष्ठ अपाङ्गता भएका व्यक्तिलाई होच्च्याउने शब्द अभिलेखबाट हटाउन माग

अपाङ्गता भएका व्यक्तिलाई होच्च्याउने शब्द अभिलेखबाट हटाउन माग

अपाङ्गता भएका व्यक्तिलाई होच्च्याउने शब्द अभिलेखबाट हटाउन माग

राष्ट्रियसभाको आजको बैठकमा सांसद पदमबहादुर परियारले अपाङ्गता भएका व्यक्तिलाई होच्च्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाएका छन् ।

राष्ट्रियसभाको असार २० गतेको बैठकमा अपाङ्गता भएका व्यक्तिलाई ‘लुला’, ‘लङ्गडा’ शब्द प्रयोग गरेर उनीहरुलाई अपमानित गरिएको बताए । साथै उनले आगामी बैठकमा यस्ता शब्द प्रयोग हुन नदिनेतर्फ संवेदनशील हुन ‘रुलिङ’ को माग गरे । उनले उक्त दिनको बैठकको अभिलेखबाट अपमानजनक सबै शब्द मेटाउन अध्यक्षसमक्ष अनुरोध गरे ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अपमानजनक शब्द प्रयोग भएनभएको निक्र्यौलगरी आगामी बैठकमा त्यसबारे जानकारी दिने बताए ।

 

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु