global ime bank Long Banner Ad

गृहपृष्ठ राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह

राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह

राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसदहरुले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।
यही असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको सन्दर्भमा दाहाल नेतृत्वको सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय गर्न नहुनेमा दुवै दलले जोड दिएका छन् ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वर्तमान सरकारले  नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बहुमत गुमाएको अहिलेको सरकार पदमा रहनु अशोभनीय भएको टिप्पणी गर्दै राजीनामा दिएर नयाँ  सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न आग्रह गरे ।
सोही दलका सांसद रघुजी पन्तले बहुमत गुमाएका प्रधानमन्त्री दाहालको राजीनामा माग गरे ।
सांसदहरु बलमपाकी मगर, मैना कार्की र मेनकाकुमारी पोखरेलले अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताइन । उनिहरुले अब बन्ने सरकारलाई काम गर्न वातावरण सृजना गर्नुपर्ने बताइन ।
सांसदहरु रामकृष्ण यादव, रामशङ्कर यादव, रोशन कार्की, रामकुमारी राना बराइली, एलपी साँवा लिम्बू, लीलानाथ श्रेष्ठ र विजुला रायमाझीले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित समय : १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु