global ime bank Long Banner Ad

गृहपृष्ठ चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द हुने भएको छ ।मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुन सक्ने भन्दै निकुञ्जले सफारीसहितका गतिविधिमा रोक लगाउन लागेको हो ।

निकुञ्जले हरेक वर्ष बर्खायाममा यस्ता गतिविधि बन्द गर्ने गर्दछ । गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएकामा यस वर्ष अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

उनका अनुसार निकुञ्जभित्रका गतिविधि बन्द भए पनि यहाँ आउने पर्यटकले मध्यवर्ती सामुदायिक वनमा हात्ती र पैदल सफारी गर्ने सक्नेछन् ।

प्रकाशित समय : ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु