global ime bank Long Banner Ad

गृहपृष्ठ २० जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म कर छुट

२० जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म कर छुट

२० जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म कर छुट

आगामी आर्थिक वर्षदेखि काठमाडौं महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ । शुक्रबार काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन्द्र साहले यस्तो घोषणा गरेका हुन् ।

उनले काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धि कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तीमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैंकमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइने बताए । उनले सहकारी सूचना केन्द्रको स्थापना गरी बचत संकलन, ऋण परिचालन तथा संस्थाको सुशासन कार्यलाई प्रभावकारी बनाइने जानकारी दिए ।

उनले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गैरसरकारी संस्थाहरूबाट उपलब्ध गराउँदै आएको छात्रवृत्तिलाई काठमाडौं महानगरपालिकाको एक द्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाइने बताए । विद्यार्थीहरूलाई पढ्दै कमाउँदै अवधारणा बमोजिम पाट टाइम काम गर्ने गरी रोजगारी सिर्जनाका लागि आवश्यक प्रबन्ध मिलाइने उनको भनाई छ ।

‘विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको क्षमता विकास गर्न सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक गुणस्तर सुधार गरिनेछ’, उनले भने , उनले भने ‘विद्यार्थीहरूलाई पढ्दै कमाउँदै अवधारणा बमोजिम पाट टाइम काम गर्ने गरी रोजगारी सिर्जनाका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।’ उनले भने ।

उनले काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयको चलअचल सम्पत्तिलाई शैक्षिक प्रयोजनको लागि मात्रै प्रयोग गर्ने व्यवस्था गरिने बताए । ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को परिकल्पनालाई मूर्तरूप दिन संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरिने उनको भनाई छ ।

प्रकाशित समय : १९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु